‘काँक्रो चोर’को कथा र सुन काण्डमा रोल्पाली साइनो !

काठमाडौं, १५ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिए लगत्तै समातिएको एक क्विन्टल सुन प्रकरणले अहिले राजनीति र अपराध जगतको अन्तर सम्बन्ध उजागर गर्ने नमूना घटनाका रुपमा प्रकट हुने संकेत गर्न थालेको छ ।

हालै मात्र यही प्रकरणसँग सम्बन्ध रहेको आशंकामा प्रहरीले दावा छिरिङ नामका एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेपछि यो सम्बन्धको पर्दा उठ्ने सम्भावना देखिन थालेको हो । ठमेलको होटल भियनाबाट आइतवार बिहान पक्राउ परेका दावा छिरिङ चिनियाँ मूलका नागरिक भए पनि उनी पासपोर्ट भने नेपाल र बेल्जियमको बोक्ने गर्छन् ।

उनको दोहोरो नागरिकता र पासपोर्टबारे प्रहरीले अनुसन्धान चलाइ नै रहेको थियो । यसै बीच एक क्विन्टल सुन काण्डमा पनि उनको संलग्नता देख्नेबित्तिकै आइतवार बिहान राजस्व अनुसन्धान विभागको टोलीले उनलाई पक्राउ गरेको हो । यो सुन काण्डमा पक्राउ पर्ने उनी अठारौं अभियुक्त हुन् ।

पक्राउ लगत्तै जानकारीमा आए अनुसार दावा छिरिङको सम्बन्ध माओवादी केन्द्रका ठूला नेताहरूसँग पनि रहेको छ । माओवादी नेता वर्षमान पुन लगायत अन्य माओवादी नेताहरूसँग उनी बसेको तस्बिर पनि सार्वजनिक भएको छ ।

वर्षमान मात्रै होइन, माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग पनि उनको राम्रै सम्बन्ध भएको सार्वजनिक भिडियो र तस्बिरहरुले देखिएका छन् ।
दीपक मल्होत्रा नेपाल चेम्बरको उपाध्यक्षको हैसियतमा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा गएका बेला दिल्लीतिर खिचेको तस्बिरलाई आधार मानेर ओली–मल्होत्रा कनेक्सन भन्दै निकै ठूलो हंगामा गर्ने प्रयास भएको थियो । तर, ठमेलमा सुन तस्करीको आरोपमा समातिएका व्यक्रिको पत्नीले पत्नी पूर्व उपराष्ट्रपतिको निवासमै पुगेर बनाएको टिकटिक भिडियोहरु अहिले भाइरल भैरहेको छ । तर, त्यस्ता विषयमा भने मौन बस्नुले पनि कनेक्सन कता होला भन्ने अनुमानको राजमार्ग विस्तारै खुल्दै गएको देखिन्छ । 

वर्षमान मात्रै होइन, माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग पनि उनको राम्रै सम्बन्ध भएको सार्वजनिक भिडियो र तस्बिरहरुले देखिएका छन् ।

अहिले सार्वजनिक भएका तस्बिर र भिडियोहरुलाई आधार मान्ने हो भने सुन तस्करीका योजनाकार भनिएका छिरिङको सम्वन्ध पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन माओवादी उपाध्यक्ष महरा र उपमहासचिव वर्षमान पुन र उनीहरुको परिवारसँग भान्सादेखि विस्तारासम्मकै पहुँच देखिनुले पनि अनुसन्धानको दायरालाई अझै फराकिलो बनाउनु पर्ने बाध्यता गृहमन्त्री नारायणकाजी श्रेष्ठको थाप्लोमा आइलागेको प्रष्ट देखिन्छ ।

अहिलेका तस्बिर र भिडियोबारे उपमहासचिव वर्षमानले स्पष्टिकरण नै दिइसक्नु भएको छ । वर्षमानले सामाजिक सञ्जालमार्फत जनयुद्धका सहिद परिवार, रोल्पाकी चेली, पार्टी कार्यकर्ता अमला रोका (सुन प्रकरणमा प्रकाउ परेका छिरिङकी पत्नी) सँग पारिवारिक भेटघाटको सन्दर्भमा ८ वर्ष पहिला नै सार्वजनिक भइसकेको तस्बिरलाई अहिले जोडेर प्रचार गरेको भन्दै प्रष्टिकरण दिनुभएको छ ।

उहाँले सरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न गरिएको भन्दै यस्ता गलत प्रचारको खण्डन गर्दै सुन तस्करीको निस्पक्ष छानविनमा पूर्णरूपमा समर्थन रहेको पनि बताउनु भएको छ । उहाँले यस्तो प्रष्टिकरण दिए पनि अमलाको पछिल्लो गतिविधि र माओवादी निकटको सम्वन्धन हेर्दा पत्याइ हाल्ने अवस्था भने देखिदैँन ।
स्मरणीय के छ भने केही दिन अघि मात्रै चिनियाँ नागरिक दाओजिन वाङले ९ किलो सुन छुटाउन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उहाँका छोरा राहुल महरालाई प्रयोग गरे भन्ने समाचार सार्वजनिक भएको थियो ।

सय किलो सुन पक्राउ पर्ने बित्तिकै सत्तापक्षीय सञ्चार माध्यमहरूले त्यसको सम्बन्ध प्रमुख प्रतिपक्षी एमालेतिर सोझाउँदै केही व्यापारीहरूको तस्बिर प्रकाशन गरेका थिए । खास गरी व्यवसायी दिपक मलहोत्रालाई सुनको मालिक ठहराउँदै उनको सम्बन्ध एमाले अध्यक्ष केपी ओलीसँग भएको पुष्टि गर्न खोजेका थिए । सरल भाषामा भन्ने हो भने काँक्रो चोरेर बियाँ अरुका गालामा दलिदिने रणनीति अख्तियार गरेको अनुमान एमालेले गर्दै आएको छ । पछिल्ला घटनाले त्यसलाई थप पुष्टि गर्दै आएको छ ।

त्यतिबेला सत्तापक्षी, खास गरी माओवादी केन्द्रका नेता र सञ्चार माध्यमहरूले किन एमालेतिर सुन काण्डको तोप सोझ्याएका रहेछन् भन्ने कुरा अहिले खुल्दै आउन थालेको छ । यो काण्डमा माओवादीकै उच्च नेताहरूको राजनीतिक संलग्नता रहेका कारण शुरुदेखि यसलाई एमालेसँग जोड्ने प्रयास गरेका थिए कि भन्ने आशंकाहरुलाई यी गतिविधिले थप बल पुर्याको देखिन्छ । सुन प्रकरणका बारेमा एमालेले बोल्ने वित्तिकै राजनीतिक प्रतिशोधका कारण बोलेको भनेर आरोप लगाउने रणनीतिलाई समेत पछिल्लो घटनाले नाङ्गो बनाइ दिएको छ ।

वास्तवमा एमालेले आफूलाई आरोप लगाएका कारण होइन, यसमा माओवादी केन्द्रका नेताहरूको संलग्नतालाई ढाकछोप गरी उनीहरूलाई बचाउन खोजेका कारण नै गृहमन्त्रीको राजीनामा मागेको हो भन्ने कुरा पनि पछिल्लो घटनाक्रमले प्रमाणित गरेको देखिन्छ ।

वास्तवमा एमालेले आफूलाई आरोप लगाएका कारण होइन, यसमा माओवादी केन्द्रका नेताहरूको संलग्नतालाई ढाकछोप गरी उनीहरूलाई बचाउन खोजेका कारण नै गृहमन्त्रीको राजीनामा मागेको हो भन्ने कुरा पनि पछिल्लो घटनाक्रमले प्रमाणित गरेको देखिन्छ

अनुसन्धानमा सक्रिय सूत्रका अनुसार रोल्पा (थवाङ)की अमला रोका नामकी एक महिलासँगको सम्पर्कका कारण दावाको सम्बन्ध माओवादी नेताहरूसँग बढ्न गएको हो । पूर्व सभामुख ओनसरी घर्तीमगर र अमला रोकाबीच नाता रहेको बताइन्छ । सोही नातालाई प्रयोग गरी दावाले माओवादी नेताहरूसँग सम्बन्ध बढाएका थिए । यो सम्बन्धलाई उनले आफ्नो तस्करीको कार्यमा कतिको प्रयोग गरे भन्ने तथ्य पनि विस्तारै खुल्ने अनुमानका आधारहरु बलियो बन्दै जान थालेका छन् ।

आइतवार प्रहरीले दावालाई ठमेलको जुन होटलबाट पक्राउ गरेको हो, त्यो होटल आफै पनि चिनियाँ अपराधकर्मको केन्द्र मानिन्छ । प्रहरीले गत २०७९ साउन ११ गते उक्त होटलमा छापा मारी ठगी आरोप लागेका चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरूबाट २६ वटा ल्यापटप, ४७२ वटा मोबाइल, १ लाख ९० हजार मूल्य बराबरको सिम कार्ड पनि बरामद गरेको थियो । उनीहरूलाई अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ, पोर्नो फिल्म वितरण गर्ने आदि जस्ता गैर कानुनी कार्यमा संलग्न रहेको पाइएको थियो ।

दावालाई पनि सोही होटलबाट पक्राउ गरेका कारण उनको संलग्नता सुन काण्ड मात्र नभई अन्य अपराधकर्ममा पनि रहेको हुन सक्ने अनुमान अपराध अनुसन्धान अधिकारीहरूले गरेका छन् ।

बेल्जियमको नागरिकता र पासपोर्ट भएका दावासँग नेपाली नागरिकता पनि रहेको छ । उनले काभ्रेबाट वंशजका आधारमा नेपाली नागरिकता लिएको देखिन्छ । स्रोतका अनुसार २०७४ पुस २० गते जारी गरिएको दावाको नेपाली नागरिकतामा उनको नाम निमा तामाङ राखिएको छ ।

बेल्जियमको नागरिकता र पासपोर्ट भएका दावासँग नेपाली नागरिकता पनि रहेको छ । उनले काभ्रेबाट वंशजका आधारमा नेपाली नागरिकता लिएको देखिन्छ । स्रोतका अनुसार २०७४ पुस २० गते जारी गरिएको दावाको नेपाली नागरिकतामा उनको नाम निमा तामाङ राखिएको छ

दावाको योभन्दा अघिका ट्रायक रेकर्ड हेर्ने हो भने त्यो पनि स्वच्छ भएको देखिँदैन । त्यसैले पनि राजस्व अनुसन्धान विभागले उनलाई निगरानीमा राखिराखेको थियो ।
अपराधकार्यहरूमा यति संलग्नता भएका दावा छिरिङसँग माओवादी नेताहरूको निकट सम्बन्ध हुनु नै छानबिनको लागि प्रयाप्त भएको दावी स्रोतले गरेको छ । यो प्रकरणमा यदि माओवादी नेताहरूको संलग्नताका पर्दाहरू एकपछि अर्को खुल्दै जाने संकेत देखा प¥यो भने यसको अनुसन्धानलाई नै अघि बढ्न नदिनेसम्मका चलखेलहरू हुन सक्ने खतरा पनि अनुसन्धान कार्यमा खटिएका अधिकारीहरूले गरेका छन् ।

त्यसो त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सत्ताधारी दलका नेताहरूले आफ्नै लाइनका कर्मचारीहरू नियुक्त गरी पूरै सेटिङ मिलाएको भन्ने तथ्यहरु प्नि बाहिर आइरहेका छन् । पछिल्लो घटनाक्रम हेर्दा ती तथ्यहरुसँग पनि मेल खाने अवस्था देखिन्छ ।

उक्त विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक रहेका अरुण पोखरेललाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले दुई वर्ष अघि सेटिङकै लागि नियुक्त गरेका थिए । त्यस्तै प्रमुख अध्यागमन अधिकृत रामबन्धु सुवेदीलाई प्रधानमन्त्री दाहालकी छोरी एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले नियुक्त गरेकी हुन् भने बरिष्ठ अध्यागमन अधिकृत झंकनाथ ढकाल प्रधानमन्त्री दाहालका पूर्व निजी सचिव हुन् ।

त्यसै गरी विमानस्थलको सुरक्षा गर्ने प्रहरीका डीआइजी अर्जुन चन्द ठकुरीलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानेर पठाएका हुन् भने भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल अर्थमन्त्री प्रकाशशरण महतले ल्याएका हुन् । विमानस्थल प्रमुख प्रतापबाबु तिवारी चाहिँ पर्यटनमन्त्री सुदन किराँतीका आफ्ना मानिस हुन् ।
अहिले सरकारले सुन पास भएर गएको आरोपमा दुई जना कर्मचारीलाई निलम्बन गरी विमानस्थलमा फिट गरिएको यो पूरा सेटलाई बचाउन खोजिएको छ । यदि इमान्दारीपूर्वक अनुसन्धान गर्ने हो भने यो सेटिङको पनि पर्दाफास हुन सक्न आशा अनुसन्धान अधिकारीहरूले गरेका छन् ।