कालिखोलामा रविका कार्यकर्ताको उद्दार ‘स्टन्ट’, चितवन प्रशासनबाट खवरदारी
काठमाडौं, २४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रचारका लागि राज्यको नियम–कानुनको समेत धज्जी उडाउँदै अनावश्यक प्रचारमा लागेपछि चितवन जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति नै निकाकाले ध्यानाकर्षण गराएको छ ।
मुङलिङ नारायणगढ क्षेत्र अन्र्तरगतको कालिखोलालगायतमा मंगलबारको अबिरल बर्षाका कारण अवरुद्ध सडक खुलाउन राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले वाकीटकी सञ्चारसहित सुन्तला रंङको ज्याकेट लगाई प्रशासनलाई नै चुनौति दिदैँ उद्दार कार्यमा खटेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले विज्ञप्ति नै निकालेर ध्यानाकर्षण भएको जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेश पौडेलले जारी गरेको विज्ञप्तिमा अवरुद्ध सडक खुलाउन प्रशासनले कसैसँग सहयोग नमागेको र कसैलाई सहयोगका लागि अनुमति समेत नदिएको भन्दै यस्ता विपद्का घटनामा राहत, उद्दार र व्यवस्थापन गर्न राज्यका अंगहरु सक्षम रहेको उल्लेख छ ।
ठूला विपद्का घटनाहरुमा समेत कुनै दलको परिचय विना विशुद्ध स्वयंसेवीका रुपमा राहत तथा उद्दारमा खट्न सकिने र त्यसका लागि जिल्ला, स्थानीय तह, विपद्व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्दारमा खटिनसक्ने व्यवस्था रहे पनि प्रचारवाजीका लागि वाकीटकीसहित रास्वपाका कार्यकर्ता परिचयसहित खटिएका थिए । उनीहरुले प्रयोग गरेका वाकीटकी समेत दर्तावाल हो वा होइन छानविनका लागि प्रशासनले प्रहरीलाई जानकारी गराएको छ ।