सदनको गतिरोध अन्त्य गर्न राष्ट्रपतिको आग्रह

काठमाडाैं, २६ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको गतिरोध अन्त्य गर्न सबै राजनीतिक दललाई आग्रह गर्नुभएकाे छ ।

राष्ट्रपति पौडेलसँग शुक्रबार सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गर्नु भएको हाे ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उहाँहरुबीच संसद्मा जारी अवरोध हटाउनेबारे छलफल भएको र राष्ट्रपति पौडेलले सदनको गतिरोध अन्त्य गर्न सबै राजनीतिक दललाई आग्रह गर्नुभएकाे संसद् सचिवालयले जनाएको छ ।

सभामुख र अध्यक्षले सदन सञ्चालनका निम्ति गरिएका प्रयासबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो ।