संसद्को अवरोध हटाउन सभामुख र दलका प्रमुख सचेतकबीच छलफल

काठमाडौं, ३ भदाै । संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल सुरु गर्नुभएकाे छ ।

छलफलमा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक उपस्थित हुनुभएकाे छ भने सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सचेतक र प्रमुख सचेतक उपस्थित हुनुभएकाे छ ।

सदनको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि अहिले राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग छलफल गर्दै हुनुहुन्छ ।

प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ ।