गैरीगाउँ हत्या प्रकरण : सीसीटीभी क्यामरामा कैद भएका व्यक्ति पक्राउ, उनेैले चारैजनाको हत्या गरेको प्रहरी निष्कर्ष

काठमाडौं, ३१ भदाै । काठमाडौंको गैरीगाउँमा चार जनाकाे ज्यान जानेगरी भएकाे घटनामा प्रहरीले घटनास्थलको सीसीटीभी क्यामरामा कैद भएका व्यक्तिलाई आज पक्राउ गरेको छ ।
कैद भएकाे फुटेज अनुसार घटना उनैले घटाएकाे देखिएको काठमाडौं प्रहरी स्रोतले जनाएकाे छ । सामूहिक हत्या एकै व्यक्तिले गरेको निष्कर्ष पनि प्रहरीले निकालेको छ ।
यसअघि अपराध अनुसन्धान महाशाखाले घटनाको जानकारी गराउन आएका दीपेन्द्र राईलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेकाे थियाे । तर, उनको घटनामा संलग्नता नदेखिएको परिसर स्रोतले जनाएकाे छ ।
दिव्य सः मिलमा शुक्रबार मध्यराति एकै परिवारका तीनसहित ४ जनाको हत्या भएको थियो । उक्त घटनामा दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेल र मोरङका अन्दाजी २० वर्षीय नविन राईकाे धारिलो हतियार प्रयोग गरी हत्या भएको थियाे ।