जाजरकोटमा फेरी ५.८ रेक्टर स्केलको परकम्प
काठमाडौं, २० कात्तिक । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि अर्को परकम्प गएको छ ।
आज अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको स्थानीयले जनाएका छन् ।
यसअघि कात्तिक १७ गते गत शुक्रबार बेलुकी ११:४७ बजे रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो ।