राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक

काठमाडौं, २२ कात्तिक । तिहारको अवसरमा दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक भएको छ ।

राफल्स एडुकेरको आधिकारिक फेसबूक पेज र दुर्गेश थापाको फेसबुक पेजबाट उक्त गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको हो ।

राफल्स एडुकेरको निर्माण रहेको यो गीतमा बालबालिकादेखि युवापुस्ता सम्मले देउसी भैलो खेलेर आफ्नो परम्परा जोगाएको देख्न सकिन्छ भने भिडियोमा धार्मिक, सास्कृतिक र परम्परालाई विशेष मह्त्व दिदै क्यानडा, युके, अमेरिका र अस्ट्रेलियालगाएत देशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीलाई विशेष शन्देश गीतले दिएको छ ।

राफल्स एडुकेरको निर्माणमा रहेको गीतमा सुदिप कुवरको स्वर रहेको छ ।