शेयर बजारमा नेप्से दाेहाेराे अंकले गिरावत
काठमाडाैं, ५ मंसिर । मंगलबार पनि नेप्से सूचक २३.८२ अंकले घटेर १८२९.६५ विन्दुमा झरेको छ।
तिहारअघि नै १८१८ विन्दुसम्म झरेर फर्केको बजार १८७५ विन्दुसम्म पुगेको थियो। तर बजार पुनः ओरालो लगेर छठपछि १८२१ विन्दुसम्म झरेकाे छ ।
यस दिन कारोबार रकम पनि १ अर्ब तल झरेकाे छ। आज कुल ९५ करोड ४ लाख ७९ हजार ५८३ रुपैयाँ बराबरको ३६ लाख ७५ हजार १०१ कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन कारोबारमा आएका १३ उपसमूह म्युचुअल फण्ड बाहेक १२ उपसमूहको सूचक नकारात्मक देखिएको छ।
मंगलबार मेन्छियम हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतले बढेको छ भने विपिडब्लु लघुवित्तको ७.४६ प्रतिशतले बढेको छ।
माथिल्लो मैलुङखोला हाइड्रोको शेयरमूल्य ९.९४ प्रतिशत र महिला लघुवित्तको ८.४६ प्रतिशतले घटेको छ। यस दिन हिमालयन डिस्टिलरी, सोनापुर मिनिरल्स र शिवम् सिमेन्टको उच्च कारोबार भएको छ।