धनकुटामा एकै परिवारका ३ जना झुन्डिएको अवस्थामा फेला

काठमाडाैं, ७ मंसिर । धनकुटामा एकै परिवारका ३ जना झुन्डिएको अवस्थामा फेला परेका छन् ।

धनकुटा नगरपालिका वडा नम्बर १ निगालेमा एकै परिवारका तीन जना मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

निगालेका स्थानीय ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

ज्याला मजदुरी गर्दै आएका टिकारामको परिवारमा चार जना थिए । ६ वर्षीय छोरी आशिका बाहेक सबै जना मृत भेटिएका प्रहरीले जनाएको छ ।

प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ । मृत्युको कारण भने खुलेको छैन ।