निरन्तर घट्दै नेप्से
काठमाडाैं, १३ मंसिर । नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन पनि ओरालो घटेर बन्द भएको छ।
यस दिन नेप्से परिसूचक १७.९३ अंक घटेर १८७६.६० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.९६ अंक घटेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । यस दिन २८५ स्टकको २९ हजार ८८३ पटकको कारोबारमा १ अर्ब १ करोड ४१ लाख ९५ हजार रुपैयाँ बराबरको २२ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से घटेपनि यस दिन विजय लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत बढेर कारोबार भएको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.८८ प्रतिशत बढेको हो।
अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। त्यसैगरी, यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोड २८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी यस दिन एनआईसी एशिया बैंकको ५ करोडभन्दा बढीको ऋणपत्र कारोबार भएको छ।
यस दिन १३ उपसमूहको मध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन अन्य उपसमूहको परिसूचक ०.१६ प्रतिशत बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.१३ प्रतिशत बढेको छ।