फेवातालमा पानी टलपल–टलपल भए पनि खानेपानीको समस्या झेल्दै जलारी समुदाय

कास्की, २० मंसिर । छेवैमा फेवातालको पानी टलपल–टलपल भए पनि ताल किनारका जलारी समुदायले भने खानेपानीको समस्या भोगिरहेका छन् ।

पोखरा महानगरपालिका–१८ खपौँदीका ९१ घरपरिवार जलारी खानेपानीका लागि भौतारिरहेका भेटिन्छन् । पर्यटकीय क्षेत्र लेकसाइडबाट केही परका यी समुदाय पानीका लागि दैनिक धारामा लाइन बस्न बाध्य छन् ।

राज्यले जलारी समुदायलाई वास्ता नगरेका कारण खानेपानीको समस्या भोग्नुपरेको स्थानीय बुद्धिमाया जलारीले बताउनुभयो । पानीले टलपल फेवाताल किनारका जलारी समुदाय काकाकुलको अवस्थामा रहेको उहाँले सुनाउनुभयो । “नेताहरु भोट माग्न आउँदा घरघर मै पानी ल्याइदिन्छु भन्छन् तर अहिलेसम्म एक घर, एक धारा भएको छैन्,” बुद्धिमायाले भन्नुभयो, “हामीले नै पैसा उठाएर बनाएको धारामा पनि पानी नआउँदा अर्काको घरमा गएर पानी ल्याउनुपर्छ ।”

पानीको जोहो गर्दागर्दै बिहान बित्ने गरेको अर्का स्थानीयवासी सारा जलारीले बताउनुभयो । “भात–तरकारी पकाउन, भाडा धुन, लुगा धुन सबै कामका लागि पानी चाहियो । पानी बोक्दाबोक्दै एउटा महिलाको बिहान बित्छ,” उहाँले भन्नुभयो, “तालकै छेउमा बसेर पनि दूषित पानी खान त मिलेन नि । यही पानी खानयोग्य बनाउन पनि सरकारले ध्यान दिनुपर्यो ।”

प्रदेश सरकारको ‘एक घर एक धारा’ नीतिअनुसार जलारी समुदायले सुविधा नपाएको स्थानीयवासी नेत्रबहादुर जलारीले बताउनुभयो । “नेपाल सरकारले पनि भनेको छ ‘एक घर एक धारा’ यो सबै ठाउँमा छ,” उहाँले भन्नुभयो, “तर, हामीले पाएका छैनौँ । जलारी समुदायका के मान्छे होइन् ? यदि मान्छे हो भने अरुले पाएको कुरा हामीले पनि पाउनुपर्यो ।”

सरकारले वास्ता नगरेपछि दुई वर्ष पहिले पत्येक घरबाट पैसा उठाएर पाइप खरिद गरी एउटा धारा बनाएर पानी खाएको स्थानीय उहाँले बताउनुभयो । “कतैबाट पनि सहयोग नपाएर हामीले नै पैसा उठाएर माथि मुहानबाट पानी ल्याएर खाने गरेका छौँ,” नेत्रबहादुरले भन्नुभयो, “त्यही पनि फागुन चैतमा त सुक्छ अनि जारको पानी किनेर खाने हो । कहिलेकाहीँ मूलतिरै पाइप काटिदिने पनि गर्दछन् ।”

पोखरा महानगरपालिका–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले पानीका लागि वडा र महानगरले पहल गरिरहेको जानकारी दिनुभयो । “यो वडाको पानीका मूल एकीकृत गरी वितरण गर्न लौरुक खानेपानी योजना छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *