आहा ! सौन्दर्यले भरिएको तिलिचो ताल (पाँच तस्बिर)

काठमाडौं, २२ मंसिर । तिलिचो ताल नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको ताल हो । यो समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको छ । माथिल्लो मनाङबाट करिब ४५ किमी दूरीमा रहेको यो ताल काठमाडौंबाट लमजुङको बेँसीशहर हुँदै मनाङको खाङसारसम्म गाडीमा र त्यसपछि हिँडेर जान सकिन्छ ।

ताल वरिपरि मुक्तिनाथ, तिलिचो हिमाल, नीलगिरि हिमशृंखलाले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ । काठमाडौंबाट बेँसीशहर, पिसाङ, मनाङ, खाङसार, तारे गुम्बा, श्रीखर्क हुँदै तिलिचो बेस क्याम्प पुग्न सकिन्छ । बेसक्याम्पबाट झन्डै तीन घण्टाको उकालोपछि तिलिचो ताल पुग्न सकिन्छ ।

तालको लम्बाइ ३.९ किलोमिटर र चौडाइ १.६ किलोमिटर फराकिलो छ । कूल ४.८ वर्ग किमीभन्दा बढी क्षेत्रफलमा फैलिएको यस तालमा टलपलटलपल गरिरहेको निलो सङ्लो पानीको दृश्यले त्यहाँ पुग्ने जो कसैको मन लोभ्याउँछ ।
तस्बिरः रमेश डंगोल