हिमालयन रि इन्स्योरेन्सको आइपीओकाे आजदेखि बिक्री खुला

काठमाडाैं, २७ मंसिर । हिमालयन रि इन्स्योरेन्सको आइपीओ आजदेखि बिक्री खुला भएकाे छ । कम्पनीले सर्वसाधारणको लागि दुई करोड ४९ लाख कित्ता सेयर जारी गरेकाे हो।

कम्पनीले शेयरकाे अंकित मूल्य १ सयमा १०६ रूपैयाँ प्रिमियम थपेर एक कित्ताकाे २०६ रूपैयाँका दरले बिक्री गरेकाे छ । यसमा न्यूनतम १० कित्ताको लागि आवेदन दिन सकिनेछ । यो सेयरमा बढिमा ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ।

वैदेशिक रोजगारीमा गएकाहरूका लागि ३० लाख कित्ता सेयर बाडिसकेको छ। कम्पनीका कर्मचारीको लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर छुट्याएको छ।

रेटिङ कम्पनी इक्रा नेपालले कम्पनीको सेयरलाई ए माइनस रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व सफलसँग भुक्तानी गर्न सक्ने देखाउँछ। यसको सेयर बिक्री प्रबन्धक एनएमबी बैंक रहेकाे छ।

सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी १० अर्ब रूपैयाँ पुग्नेछ। कम्पनीले प्रिमियमबाटै ३ अर्ब १८ करोड पाउनेछ। यो रकम बोनस सेयर दिन प्रयोग गर्न सक्ने व्यवस्था छ।