एमालेका दुई अभियानको सामर्थ्यः कोशीमा ‘कन्ट्रोल’ मधेशमा ‘क्रेज’
मोहन बास्तोला
काठमाडौंँ, ६ पुस । हालको मधेस प्रदेशका आठ जिल्ला (सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट) मा नेकपा (एमाले)को अवस्था मुलुकमा बहुदलीय व्यवस्था स्थापनापछि नेपालको संविधान जारी हुँदाको बखतसम्म पनि त्यति उत्साहप्रद थिएन ।
संविधानसभाको पहिलो निर्वाचन हुनु अघिसम्म यी ८ जिल्लामा ३३ वटा मात्रै निर्वाचन क्षेत्रहरु थिए । त्यो अवधिमा ०४८, ०५१, ०५६ र ०६४ गरी चार ओटा निर्वाचन भए । ती चार ओटा निर्वाचनमा एमालेले क्रमशः ५, ९, १० र ५ सिटमा मात्रै जित निकाल्न सफल भयो । ०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा ती आठ जिल्लामा चुनाव क्षेत्र बढेका थिए । त्यो चुनावमा पनि एमालेले १४ वटा क्षेत्रमा मात्रै विजयी हात पार्न सफल भयो ।
२०७२ साल असोज ३ गते तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान जारी गर्नुभयो । त्यतिबेला नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला (हाल स्वर्गीय) प्रधानमन्त्री हुनुहुन्थ्यो ।
२०७२ साल असोज ३ गते तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान जारी गर्नुभयो । त्यतिबेला नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला (हाल स्वर्गीय) प्रधानमन्त्री हुनुहुन्थ्यो ।
प्रमुख प्रतिपक्षी दलको हैसियतमा भने नेकपा (एमाले) थियो । संविधान जारी गर्ने राष्ट्रपति कांग्रेसबाटै चुनिनु भएको व्यक्ति हुनुहुन्थ्यो भने प्रधानमन्त्री पनि नेपाली कांग्रेसकै तर संविधान जारी गर्दा अन्तरिम संविधान २०६३ ले दिएको अधिकार कटौती गरेको अपजसको भारी त्यतिबेला प्रतिपक्षी दल एमालेले बोक्नु परेको थियो । कांग्रेस, एमाले, माओवादीलगायतका दलहरुले संविधान जारी भएको दिन दीपावली गर्दै गर्दा मधेस केन्द्रित दलहरुले भने त्यतिबेला कालोदिन भनेर विरोध गरेका थिए ।
संविधान जारी गर्ने बेलामा केपी शर्मा ओली नेकपा (एमाले)को अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो भने संविधानसभाको अध्यक्षमा सुवासचन्द्र नेम्वाङ (हाल स्वर्गीय) । मृदुभाषी नेम्वाङको समन्वय र ओलीको दृढ अडान थिएन भने त्यतिबेला संविधान जारी हुन असंभव थियो भन्ने तल उल्लेखित केही दृष्टान्तले पनि पुष्टि गरिदिन्छ ।
जयशंकरलाई ओलीको जवाफः इट्स टु लेट
नेपालमा ०७२ असोज ३ गते संविधान जारी गर्ने मिति तय भएको थियो । त्यसको पूर्वसन्ध्या अर्थात् असोज १ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर तत्कालीन भारतीय विदेश सचिव एस जयशंकर नेपाल उत्रिनु भएको थियो । दुई दिन काठमाडौं बस्नु भएका जयशंकरको दौडधूपले प्रष्ट हुुन्थ्यो कि त्यतिबेला अर्थात् नेपालमा असोज ३ गते संविधान जारी गर्ने अवस्थालाई रोक्ने भारतीय प्रयास सतहमै देखिएको थियो ।
एमालेका नेताहरुको भनाईलाई आधार मान्ने हो भने त्यतिबेला जयशंकरले ओलीसँगको भेटमा कूटनीति मर्यादा नाघेर तत्कालै संविधान जारी नगर्न आग्रह गर्नुभएको थियो । तत्कालीन भारतीय राजदूत रन्जित रे र दूतावासका कर्मचारीसहित ओली निवास बालकोट पुग्नु भएका जयशंकरले लामो कुराकानी गरेपछि ओलीलाई संविधान तत्काल जारी नगर्न दबाब दिनुभएको थियो । तर, ओलीले त्यतिबेलै जयशंकरलाई ‘इट्स टु लेट’ भनेर फर्काइ दिनुभएको थियो ।
ओली निवास बालकोट पुग्नु भएका जयशंकरले लामो कुराकानी गरेपछि ओलीलाई संविधान तत्काल जारी नगर्न दबाब दिनुभएको थियो । तर, ओलीले त्यतिबेलै जयशंकरलाई ‘इट्स टु लेट’ भनेर फर्काइ दिनुभएको थियो ।
मुख्य गरेर ओलीसँगको भेटमा जयशंकरले तराई मधेसको भूभागलाई मधेसी दलको सहमतिमा एउटै प्रदेश बनाउनुपर्ने माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको थियो । तर, ओलीले त्यसमा चासो नदिएपछि विच्किनु भएका जयशंकरले त्यहि सन्देश मधेसवादी दललाई समेत सुनाएपछि मधेशवादी दल ओलीसँग थप विच्किएका थिए । तर, ओलीको त्यो राष्ट्रवादी अडान थियो भन्ने हेक्का मधेशवादी दलहरुले धेरैपछि मात्रै पत्तो पाए ।
आफूले भने अनुसार नभएपछि निकै आक्रोशित जयशंकर कांग्रेस, माओवादीलगायतका दलका नेताहरुसँग पनि भेट गरेर भारत फर्किनु भयो । जयशंकर भारत फर्किनुभयो भने नेपालमा संविधान जारी भयो ।
नाकाबन्दीले ओली नगलेपछि…
संविधान जारी भए लगत्तै भारतले असोज ४ गतेबाट नाकाबन्दी सुरु गर्यो । संविधान जारी भएपछि ओली प्रधानमन्त्री बन्नुभयो । संविधान जारी गरेपछि विच्किएको भारतले नाकाबन्दी लम्ब्याउँदै गयो । तर, अडानबाट पछि नहड्ने ओलीले नाकाबन्दी हटाएपछि मात्रै भारत भ्रमण गर्ने अडान लिएपछि भारत नाकाबन्दी फिर्ता लिन बाध्य भयो र ओली पनि भारत भ्रमणमा जानुभयो ।
जयशंकरको दौडधुप र ओलीको अडानलाई नजिकबाट बुझेका मधेशवादी दललाई ओलीको शक्तिका सामू तत्कालिन कांग्रेस सभापति कोइराला समेत निरीह बनेका कारण मधेश विरोधी संविधान जारी भयो भन्ने ठूलो भ्रम थियो र उनीहरुले मधेशी जनतामा पनि त्यहि भ्रम छरेका थिए । त्यहि भ्रमको त्यान्द्रो समातेर मधेशवादी दलले पनि ओलीको अडानलाई त्यतिबेला ‘एमाले मधेश विरोधी पार्टी हो’ भन्ने भाष्य निर्माण गर्ने काम गरे ।
संविधान जारी भएपछि त्यहि भाष्यलाई थप बलियो बनाउन एमालेलाई तराई–मधेस प्रवेशमा रोक लगाउनेदेखि एमालेका पार्टी कार्यालय तोडफोड गर्नेसम्मका हर्कतहरु भए ।
नयाँ संविधान जारी भएको करिब तीन हप्तापछि ओली देशको प्रधानमन्त्री नियुक्ति हुनुभयो । ओली प्रधानन्त्री नियुक्ति हुँदा एमालेका १८३, एमाओवादीका ८३, राप्रपा नेपालका २५ सांसदसँगै फोरम लोकतान्त्रिकका १४ सांसदले पनि ओलीलाई नै मतदान गरे । राप्रपाको १२, मालेको ५, नेमकिपाको ४ सँगै राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्तसहितका दलकोसहित समर्थनमा ओली प्रधानमन्त्री बन्नुभयो ।
संविधानकै विरोध गर्ने मध्येको फोरम लोकतान्त्रिकले ओलीलाई समर्थन गरे पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका केही दलले भने त्यतिबेला ओलीलाई समर्थन गरेनन् । ०७२ असोजमा प्रधानमन्त्री बन्नुभएका ओलीले एक वर्ष पनि पूरा नुहँदै ०७३ साउन ९ गते पदबाट राजीनामा दिएको घोषणा गर्नुभयो ।
उहाँले पहिलो कार्यकाल प्रधानमन्त्री हुँदा मधेशको विकासमा निकै ठूलो योगदान गर्नुभएको थियो । तर, उहाँले गरेका कामलाई ओझेल पार्ने र एमालेलाई मधेशविरोधी देखाउने होड मधेशवादी दलबाट निरन्तर रहि रहयो ।
उहाँले पहिलो कार्यकाल प्रधानमन्त्री हुँदा मधेशको विकासमा निकै ठूलो योगदान गर्नुभएको थियो । तर, उहाँले गरेका कामलाई ओझेल पार्ने र एमालेलाई मधेशविरोधी देखाउने होड मधेशवादी दलबाट निरन्तर रहि रहयो ।
त्यसपछिका केही वर्ष त मधेशवादी दलले एमाले मधेश विरोधी हो भन्ने भाष्य मात्रै निर्माण गरेनन् । संविधान घोषणापछि राष्ट्रपति बन्नु भएकी विद्यादेवी भण्डारी २०७३ सालको विवाहपञ्चमीमा जानकी मन्दिर दर्शन जाँदा उहाँलाई समेत मधेश विरोधीको पगरी गुथाएर उहाँमाथि अभद्र व्यवहार प्रस्तुत गर्नेदेखि चर्को नाराबाजी र तोडफोडसम्मका हर्कतहरु भए ।
एक हिसावले भन्ने हो भने मधेश केन्द्रित दलहरुले एमालेप्रति वितृष्णा फैलाउने र शीर्ष नेताहरुलाई मधेश प्रवेशमा निषेधकै नीति अख्तियार गर्नेसम्मका हर्कत गरिरहे ।
‘मेची–महाकाली अभियान’ लिएर मधेशमा एमाले
त्यो भ्रम चिर्ने रणनीति र आगामी निर्वाचनमा एमालेको बलियो उपस्थिति देखाउने तयारीसहित एमालेका तत्कालिन अध्यक्ष ओलीले तराई केन्द्रित ‘मेची–महाकाली अभियान’ चलाउने उद्घोष गर्नुभयो । नभन्दै नेकपा (एमाले)ले ओलीकै नेतृत्वमा २०७३ साल फागुन २१ गतेदेखि ‘मेची–महाकाली अभियान’ आरम्भ गर्यो ।
त्यो भ्रम चिर्ने रणनीति र आगामी निर्वाचनमा एमालेको बलियो उपस्थिति देखाउने तयारीसहित एमालेका तत्कालिन अध्यक्ष ओलीले तराई केन्द्रित ‘मेची–महाकाली अभियान’ चलाउने उद्घोष गर्नुभयो । नभन्दै नेकपा (एमाले)ले ओलीकै नेतृत्वमा २०७३ साल फागुन २१ गतेदेखि ‘मेची–महाकाली अभियान’ आरम्भ गर्यो ।
पञ्चायती व्यवस्थाका विरुद्ध लड्दा–लड्दै २०२९ फागुन २१ गते राति जेल सार्ने नाममा सुखानीको जंगलमा लगि निर्ममतापूर्वक हत्या गरिएका पाँच सहिदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठको सम्झनामा ‘सुखानीका सहिद दिवस’ को अवसर पारेर एमालेले उक्त अभियानको प्रारम्भ गर्यो ।
‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमानः राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ मूल नारा दिइएको त्यो अभियान हालको कोशी प्रदेशमा निकै भव्य ढंगबाट सम्पन्न भयो ।
फागुन २१ गतेबाट सुरु अभियान २३ गते सप्तरी पुगेको थियो । सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा एमालेले भब्य कार्यक्रम राखेको थियो । एमालेलाई मधेशमा निषेधको रणनीति बनाएको तत्कालीन मधेशी मोर्चाले उक्त कार्यक्रम विथोल्न ठूलो संख्यामा घरेलु हातहतियारसहित आफ्ना कार्यकर्तालाई परिचालन गर्यो । जसका कारण त्यहाँ भिडन्तको अवस्था सिर्जना भयो ।
तर, एमालेका कार्यकर्ताहरुले संयमता अपनाउँदा निकै ठूलो संभावित घटना टरे पनि मधेशी मोर्चाका नाममा भएको हिंसात्मक प्रयासलाई नियन्त्रण गर्न प्रहरीले बाध्य भएर गोली चलायो । त्यतिबेला प्रहरीले चलाएको गोली लागेर मलेठका पिताम्बर मण्डल, सञ्जन मेहता, वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इनर यादवको मृत्यु भयो । थप दुर्घटना नहोस् भन्नका लागि एमालेले त्यसपछि धनुषा, पर्सालगायतका जिल्लामा गर्ने भनिएको सभालाई स्थगन नै गर्यो र ती बाहेकका जिल्लामा निर्वाध कार्यक्रम गरेर फर्कियो ।
०७४ निर्वाचनपछि एमालेप्रति मधेशको थप क्रेज
०७४ को निर्वाचनपछि एमाले यति शक्तिशाली भयो कि माओवादीसहितको एकतामा सहज बहुमत ल्याउन एमाले सफल भयो र ओली नै प्रधानमन्त्री बन्नुभयो । त्यसपछि भने मधेशवादी दलहरू पालैपालो ओलीलाई नेता मानेर उहाँको नेतृत्वको सरकारमा सत्ताको लाभ लिन तँछाड–मछाड गर्न थाले ।
दोस्रो पटक लामो समय प्रधानमन्त्री बन्नुभएका ओलीले हरेक वर्षका बजेटमा मधेशलाई प्राथमिकता राख्न थालेपछि विस्तारै मधेशमा ओली र एमाले विरोधी भाष्य कमजोर–कमजोर बन्दै जान थाल्यो । त्योसँगै मधेशवादी दलका प्रभावशाली नेताहरुको समेत एमालेप्रतिको आकर्षण बढ्न थाल्यो ।
दोस्रो पटक लामो समय प्रधानमन्त्री बन्नुभएका ओलीले हरेक वर्षका बजेटमा मधेशलाई प्राथमिकता राख्न थालेपछि विस्तारै मधेशमा ओली र एमाले विरोधी भाष्य कमजोर–कमजोर बन्दै जान थाल्यो । त्योसँगै मधेशवादी दलका प्रभावशाली नेताहरुको समेत एमालेप्रतिको आकर्षण बढ्न थाल्यो ।
त्यसपछि विस्तारै ‘मधेशमा ओली क्रेज’ पनि बढ्न थाल्यो । ०७९ को निर्वाचसम्म आइपुग्दा ओलीले मधेशलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु गर्न थाल्नुभयो । ०७९ को निर्वाचन अघि मात्रै ओली मधेशमा चार पटक भन्दा बढी चुनावी सभामा सम्वोधनका लागि पुग्नुभयो । हरेक सभामा ओलीले एमाले पहाडीको मात्र नभई मधेशीको पनि पार्टी रहेको उद्घोष गर्न छुटाउनु भएन । एकातिर मधेशमा मुद्दा र मागका लागि जसपा, लोसपालगायतका दल पालैपालो ओली सरकारमा सभागी हुनु अनि अर्कोतिर ओली प्रधानमन्त्री भएपछि मधेशलाई प्राथमिकतामा राखेर काम गर्नुले पनि मधेशी जनताको मोह एमालेप्रति ह्वात्त बढ्दै गयो । त्यसैको परिणाम स्वरुप ०७४ को चुनावमा संघीय संसद्का दुई सिट मात्रै जितेको एमाले ०७९ को निर्वाचनमा भने संसद्का ३२ मध्ये ९ सिटमा जित हात पार्न सफल भयो ।
अझ पछिल्लो समय मधेशी जनताको एमालेप्रतिको आकर्षण मात्रै बढेको छैन । एमाले पनि अहिले मधेशप्रति बढी नै आकर्षित बन्न थालेको छ । ०७९ को निर्वाचनमा ओली मधेशका विभिन्न जिल्लाका सभामा सहभागी मात्रै हुुनु भएन । कहिले आफूलाई आश्रय दिने जनताको घर खोज्दै हिड्नु भयो त कहिले आफू प्रधानमन्त्री हुँदा नेपाल भित्र्याएको रेलमा टिकट काटेर रेल यात्रा गर्दै मधेशी जनताको मन जित्ने प्रयासहरु गर्नुभयो ।
त्यति मात्रै होइन गत भदौ १३ मा नेकपा (एमाले) को सचिवालय बैठक नै सिरहामा सम्पन्न भयो । तत्कालीन नेकपा मालेले २०४६ साल भदौ ९ देखि १४ गतेसम्म सिराहाको विष्णुपुरकट्टीमा चौथो महाधिवेशन सम्पन्न भएको थियो ।
त्यति मात्रै होइन गत भदौ १३ मा नेकपा (एमाले) को सचिवालय बैठक नै सिरहामा सम्पन्न भयो । तत्कालीन नेकपा मालेले २०४६ साल भदौ ९ देखि १४ गतेसम्म सिराहाको विष्णुपुरकट्टीमा चौथो महाधिवेशन सम्पन्न भएको थियो ।
मालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा निर्वाचित भएको सिरहाको धनगढीमाई नगरपालिका–१४ स्थित सर्रे अम्वासमा एमालेको सचिवालय बैठक बसेको हो । एमालेले त्यहि अवसर पारेर त्यहि स्थानमा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्षको अवसर पारेर ऐतिहासिक राष्ट्रिय महत्व राख्ने शहीद स्तम्भको समेत शिलान्यास गरेको थियो । कुनै समय एमालेप्रति घृणा फैलाउने नेताहरु मात्रै होइन मधेशमा एमालेप्रतिको आकर्षण अहिले व्यापक बनेको छ । कुनै बेला भने जस्तो उम्मेदवार समेत नपाउने मधेश प्रदेशको अवस्थाबाट अहिले एमाले धेरै माथि उठिसकेको छ ।
मधेशको नक्कल कोशीमा
अहिले कुनै समय मधेशमा एमालेप्रति फैलाउने घृणाकै नक्कल गरेर केही पहिचानवादीका नाममा कोशी प्रदेशमा घृणा फैलाउने हर्कतहरु भैरहेका छन् । इतिहासदेखि नै एमाले निकै शक्तिशाली बन्दै आएको प्रदेश हो, कोशी । ०७९ को निर्वाचनमा पनि कोशीमा एमाले सबै भन्दा प्रभावशाली दल देखिएको थियो । तर, अहिले त्यहि प्रदेशमा पहिचानवादीको नाममा एमाले विरोधी हर्कतका प्रयासहरु भैरहेका छन् ।
यहि बेला एमालेले महाभारत श्रृंखला भन्दामाथि मध्य पहाडका २६ जिल्लाहरु तथा २ सय १५ वस्तीहरुलाई जोड्ने गरी रेखाङ्कन भएको पुष्पलाल (मध्यपहाडी) राजमार्गको करीब १ हजार ८ सय ७९ किलोमिटर लम्बाईको करीब ३ हप्ता लामो झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा अभियान सम्पन्न गरेको छ ।
यहि बेला एमालेले महाभारत श्रृंखला भन्दामाथि मध्य पहाडका २६ जिल्लाहरु तथा २ सय १५ वस्तीहरुलाई जोड्ने गरी रेखाङ्कन भएको पुष्पलाल (मध्यपहाडी) राजमार्गको करीब १ हजार ८ सय ७९ किलोमिटर लम्बाईको करीब ३ हप्ता लामो झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा अभियान सम्पन्न गरेको छ ।
यो अभियानो आरम्भसँगै केही पहिचानवादीहरुले कोशी प्रदेश प्रवेशमा एमालेलाई रोक लगाउने र नेताहरुको एउटै चिहान खन्नेसम्मका अराजक र उछृङ्खल अभिव्यक्ति दिएका थिए । तर, ती अभिव्यक्ति र धम्कीको समेत प्रवाह नगरी पूर्वनिर्धारित योजनासहित एमालेको क्याराभान कोशी प्रदेशमा पुग्दा स्वागतका अद्भूत दृष्यहरु देखिए ।
चिहान खन्छु भन्नेहरु छाँयामा, एमाले नेताको छातिमा सिलाम साक्मा
घुर्मीको माटो टेकेर सुनकोशी तर्दै एमालेको क्याराभान हर्कपूर पुग्दा त्यहाँ एमालेलाई कोशी प्रदेशमा प्रवेश गर्न नदिने अडानका केही पहिचानवादीहरुको छाँया पनि देखिएन भने एमालेलाई स्वागत गर्नेहरुको भीडले डाँडापाखा र चौरहरु अनि सुनकोशी नदीका किनारहरु पनि भरिभराउ भए ।
ती सबै धम्कीको प्रवाह नगरी एमाले अध्यक्ष ओलीले नेतृत्व गरेको क्याराभान हर्कपुरबाट दिक्तेल, भोजपुर, धनकुटा हुँदै तेह्रथुमबाट पाँचथरको चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा फहराउँदै गर्दा एमाले क्याराभानमा सहभागी हजारौँका छाति त्यहाँका जनताले स्नेहपूर्वक दिएका लिम्बु समुदायको मौलिक सांस्कृतिक बिम्बका रुपमा लिइने सिलाम साक्माले सजिएका थिए ।
त्यो अभूतपूर्व स्नेहलाई नजिकबाट नियाल्नु भएका एमाले उपाध्यक्ष विष्णु पौडेल समृद्धिका लागि एमालेले थालेको संकल्प यात्राका क्रममा कोशी प्रदेशमा जनताले देखाएको उत्साहपूर्वक सहभागिताले एमालेमाथि लाग्ने गरेको पहिचानविरोधी आरोपलाई खण्डित गरिदिएको दाबी गर्नुहुन्छ ।
‘नेपालको इतिहासमा कहिल्यै नजुटेको उपस्थिति मध्यपहाडमा एमालेले गरेका हरेक सभामा देखिएको छ,’ उहाँले भन्नुभयो, ‘एमालेको कुरा छाड्नुहोस् अन्य पार्टीका नेताहरुले समेत आएर स्वागत र सत्कार गरेका छन् र भनेका छन् एमाले अघि बढोस् हाम्रो साथ छ ।’
उहाँले त्यो उपस्थिति र सद्भावले एमाले थप उत्साहित भएको बताउनुभयो । एमाले महासचिव शंकर पोखरेल पनि कोशी प्रदेश प्रवेशसँगै एमालेमा थप उत्साह पैैदा बताउनुहुन्छ । एमाले साझा पहिचानका पक्षमा रहेको भन्दै कोशीमा केही पहिचानवादीका नाममा भएका उछृङ्खल गतिविधिको अर्थ नरहने उहाँको भनाई छ ।
एमाले महासचिव शंकर पोखरेल पनि कोशी प्रदेश प्रवेशसँगै एमालेमा थप उत्साह पैैदा बताउनुहुन्छ । एमाले साझा पहिचानका पक्षमा रहेको भन्दै कोशीमा केही पहिचानवादीका नाममा भएका उछृङ्खल गतिविधिको अर्थ नरहने उहाँको भनाई छ
वैधानिक तरिकाले, जनमतलाई साथ लिएर अघि बढ्नुको विकल्प नरहेको भन्दै पोखरेल हिजो सिके राउतदेखि विप्लवसम्मलाई मूलधारमा ल्याएको स्मरण गर्दै अहिले कोशी नामकरणको सवालमा आन्दोलनमा रहेका केहीलाई समाधानको बाटो दिने पार्टी फेरि पनि एमाले नै रहेको उल्लेख गर्नुहुन्छ ।
एमालेसँग दूरी राख्न जरुरी छैन भन्दै उहाँ यो सच्चाइलाई बुझ्न ढिलाइ गर्न नहुने सुझाव पहिचानवादीको नाममा आन्दोलन गर्नेहरुलाई दिनुहुन्छ । यात्राका क्रममा जनताको पार्टी अध्यक्ष (केपी शर्मा ओली) र पार्टीप्रतिको आस्था, विश्वास र समर्पणभाव अभूतपूर्व रूपमा प्रकट भएको भन्दै त्यसले एमालेमाथि लाग्ने मिथ्या आरोपहरु ख्ण्डित गरिदिएको दाबी गर्नुहुन्छ ।
एमाले सचिव योगेश भट्राई पनि कोशी प्रदेशमा एमालेको पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्रापछि एमालेमाथि लाग्ने गरे्का केही आरोपको खण्डन भएको बताउनुहुन्छ । अब विगतका सानातिना कुरालाई ल्याएर होहल्ला गर्नुको कुनै अर्थ नरहने उहाँको भनार्इृ छ । ‘हिजो पहिचान भन्ने साथीहरु अलमलमा थिए,’ उहाँले भन्नुभयो, ‘हामी उदयपुर, ओखलढुंगाहुँदै चिवाभञ्ज्याङसम्म पुग्दा एउटै कार्यक्रममा २० औँ हजारसम्म मानिस सहभागी भए । कोशी प्रदेशमा मात्रै करीब पाँच लाख मानिस हामीसँग प्रत्यक्ष जोडिए भनेपछि त्यहाँ एमालेको बर्चश्व कायमै छ भन्ने पुष्टि हुन्छ ।’
यी सबै दृष्टान्तलाई हेर्ने हो भने एमालेका दुई अभूतपूर्व यात्राले एमालेलाई विगतमा लाग्ने गरेको मधेश विरोधी, पहिचान विरोधी आरोपहरु ख्ण्डित भएर एमाले सबै नेपालीको पार्टी भन्ने भाष्य सिर्जनाका लागि राजमार्ग निर्माण भएको देखिन्छ ।