नेपाल सुपर लिगको उपाधि ललितपुरलाई

काठमाडौं, १४ पुस । नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले हात पारेकाे छ ।

शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै उपाधि ललितपुरले जितेको हो ।

गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो ।

खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावाले गोल गरेर अग्रता दिलाए पनि त्यसपछि लगातार तीन गोल सहनुपर्याे । खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरे पनि जितका लागि पर्याप्त भएन ।

ललितपुरका लागि पहिलो हाफको अन्तिम समयमा इमोह इजेकेल, ५० औं मिनेटमा दिनेश हेमजन र ५८ औं मिनेटमा पनि इमोह इजेकेलले गोल गरे ।

याे संगै उपाधि जितेका ललितपुर सिटी एफसीले ७० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे छ भने प्रतियोगिताको उपविजेता बनेकाे धनगढी एफसीले २० लाख रुपैयाँमै चित्त बुझाउनुपर्याे ।