बर्दियाबाट काठमाडौं आउँदै गरेको नाइट बस दाङमा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

काठमाडाैं, ८ माघ । बर्दियाबाट काठमाडौं आउँदै गरेको नाइट बस दाङमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

दाङको लमही नगरपालिका-९ स्थित पश्चिमको जंगल क्षेत्रमा प्रदेश ३ -०१-००५ ख ९७१९ नम्बरको रात्री बस आइतबार राति ११ बजे दुर्घटना भएको हाे ।

दाङका प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार दुर्घटनमा परी बर्दियाको गेरुवा गाउँपालिकाका – १ का ३६ बर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

बसका चालक निदाए पछि वन जंगलको भित्तामा बस ठोक्किन पुग्दा दुई जनाको च्यापिए घटनास्थलमै मृत्यु भएको प्रहरीको अनुमान छ।

दुर्घटनामा चालक मात्रै घाइत छन्। बसमा सवार अन्य यात्रु निदाएको तथा सबै सकुशल रहेको प्रहरीले बताएको छ। मृतक दुबै जनाको पोष्टमर्टमका लागि दाङको लमही अस्पतालमा राखिएको छ। घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ।