हिमाली भेगमा हिमपातका साथै तराईका अधिकांस स्थानमा हुस्सु
काठमाडौ, १० माघ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानमा हिमपात हुने छ । त्यस्तै, अन्य उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
तराईका अधिकांस स्थानमा आज पनि बिहानैदेखि हुस्सु/कुहिरो लागेको छ । महाशाखाका अनुसार भिजिबिलिटीका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने छ । केहि दिन यता बढेको चिसोबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको आजकाे न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । जोमसोम, जुम्ला र जिरीको तापक्रम माइनस भन्दा तल झरिसकेको महाशाखाले जनाएकाे छ ।