सितापाइलामा दुई छोरीसहित हत्या गरिएकी महिलाका श्रीमान् नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा फेला

काठमाडौं, ९ फागुन । सितापाइलामा दुई छोरीसहित हत्या गरिएकी महिलाका श्रीमान् नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

नागार्जुन नगरपालिका-६ मा आज बिहान ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा र २ वर्षीया छोरी शिवानीको हत्या गरेको अवस्था काेठमा शव फेला गरेकाे थियाे भने महिलाका श्रीमान् पनि झुण्डिएको अवस्थामा नागार्जुनको जंगलमा मृत भेटिएका हुन्।

महिलाका श्रीमान् राजु घिमिरे (सुनार) नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएकाे छ ।

आमा र दुई छोरीको हत्या गरी श्रीमान्‌ले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

सोलुखुम्बु घर भई सितापाइलामा डेरा गरी बस्ने उनीहरू दैनिक ज्यालादारी गर्ने परिवार रहेको प्रहरीले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *