रसियन सेनामा भर्ती भएका नेपालीहरूले गरे भारत सरकारसंग नेपाल फर्काउन आग्रह

काठमाडाैं, २८ फागुन । रूसी सेनामा भर्ती भएका नेपालीहरूले भारत सरकारसंग नेपाल फर्काउन आग्रह गरेका छन् ।

रूसी सेनामा भर्ती भएका नेपालीहरूले सामाजिक सञ्जालकाे टिकटक भिडियाे मार्फत युद्धक्षेत्रबाट नेपाल फर्काउन भारत सरकारसँग आग्रह गरेका हुन्।

उनीहरूले आफूहरूलाई स्वदेश फिर्ता गर्न सरकारबाट कुनै सहयोग नभएको र नेपाली राजदूतावासले पनि चासो नदिएको बताएका छन्।

आफूसँगै रहेका तीन भारतीय नागरिकहरूलाई भारत सरकारले फिर्ता लगेपछि आफूहरुलाई पनि त्यहाँबाट निकालिदिन नेपाली युवाहरूले भारत सरकारसँग आग्रह गरेका हुन्।

‘हाम्रो नेपालबाट केही पनि भइरहेको छैन। यहाँ भएका सबै नेपाली स्वदेश फर्कन चाहन्छौं,’ उनीहरूले हिन्दी भाषामा भनेका छन्, ‘‘नेपाल र भारतबीच राम्रो सम्बन्ध छ। भारत र भारतीय दूतावास शक्तिशाली छ। यसकारण हामी तपाईंहरूसँग मद्दत माग्न चाहन्छौं।’

उनीहरूले आफूलाई एजेन्टले झुक्काएर रूसी सेनामा भर्ती गरेकाे पनि बताएका छन्। उनीहरूले भनेका छन् एजेन्टले हामीसँग रसियन सेनामा जाने र त्यहाँ सहयोगीको रूपमा काम गर्नुपर्ने भनिएको थियो। तर, यहाँ आएपछि हामीलाई युद्धमा जान परिरहेको छ ।

त्यस्तै उनीहरूले भनेका छन्, यहाँ आएपछि हामीलाई धेरै समस्या भएको छ। यसकारण यहाँबाट हामी निस्कन चाहन्छौं। हाम्रो साथमा तीन जना भारतका साथीहरू थिए। उनीहरूलाई भारतको सरकारले फिर्ता गर्‍यो तर नेपाली राजदूतावासले हामीलाई कुनैपनि सहयोग गरिरहेको छैन। नेपालबाट कुनैपनि प्रक्रिया अगाडि बढिरहेको छैन। त्यसकारण हामी हाम्रो छिमेकी मुलुक भारतसँग मद्दत माग्न चाहन्छौं। हामीलाई भारतले हाम्रो उद्दार गर्छ भन्नेमा आशावादी छौं। हामीलाई निराश पार्ने छैन। नेपाल र भारतबीच राम्रो सम्बन्ध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *