सिटी स्टार फेमेली होटेल जनकपुरमा एक युवतीको मृत्यु, सँगै बसेका दुई युवक फरार

काठमाडौं, २९ फागुन । जनकपुरधामस्थित सिटी स्टार फेमेली होटेलमा एक युवतीको मृत्यु भएको छ भने होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार रामानन्दचोकस्थित सिटी होटलको कोठामा आज बिहान साढे ८ बजेतिर पोखराकी अन्दाजी २७ वर्षीया खुसखु सुनार बेहोस अवस्थामा भेटिएकी थिइन् ।

उनको प्रादेशिक अस्पताल जनकपुरमा लगिएकोमा मृत्यु भएको डिएसपी अवाले बताए । उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक फरार भएकाे प्रहरीले जनाएकाे छ ।

युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । प्रहरीले सँगै बसेको भनिएका दुई युवकको खोजी गर्नुका साथै थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।