सुन तस्करीमा पक्राउ परेका पूर्वउपराष्ट्रपतिका छाेरा दिपेश ठगी धन्दामा पनि संलग्न, सुप्रिमकाे सबा अर्ब ठगीको अनुसन्धान हुँदै

काठमाडाैं, ३ चैत्र । सुन तस्करीमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुनलाई सहकारी ठगीबारे अनुसन्धान गर्न शुक्रबार राती बुटवल पठाइएकाे छ ।

उनीविरुद्ध यसअघि नै सहकारी ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएकाले बुटवलमा लगिएकाे हाे । पुनविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको आरोप छ ।

जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारी बुटवलका १० हजार बचतकर्ताको सबा १ अर्ब रकम हिनामिना गरेको उजुरी प्रहरीमा छ । साेही प्रकरणमा दिपेश जोडिएका छन् ।

रुपन्देहीका एसपी रञ्जितसिंह राठौरका अनुसार उनीविरुद्ध सहकारी ठगी विरूद्धमुद्दा भएकाले काठमाडौंबाट झिकाइएको हाे ।