छठघाट रुङ्न बसेका वृद्धको हत्या आरोप लागेका व्यक्ति गाेली हानेर पक्राउ

जनकपुरधाम, १२ मङ्सिर । धनुषाको शहीदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट रुङ्न बसेका ६० वर्षीय रामजतन यादव (म्यानेजर)को हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले हत्या आरोपितलाई गोली चलाएर नियन्त्रणमा लिएको हो । उनलाई सीमावर्ती क्षेत्र जटहीबाट पक्राउ गरिएको बताइएको छ ।

यादव छठघाट निर्माणपछि पोखरी रुङ्न एक्लै बसेका थिए । गत कात्तिक ३० गते बिहान करिब ६ बजे उनी पोखरीमा मृत अवस्थामा फेला परेका थिए ।

घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोही अनुसन्धानका क्रममा हत्या आरोपितलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका व्यक्तिको पहिचान, हत्याको कारण तथा घटनासम्बन्धी थप विवरण प्रहरीले सार्वजनिक गर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *