बारामा गाडीबाट २३७ किलो गाँजा बरामद, चालक फरार

काठमाडौं, १३ मङ्सिर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चेकपोस्ट नजिकबाट २३७ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद भएको छ । प्रहरीले गाँजा बोकेको गाडी नियन्त्रणमा लिए पनि चालक फरार भएका छन् ।

प्रहरीका अनुसार बिहीबार साँझ अमलेखगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बा१७च २६३६ नम्बरको गाडी जाँचका क्रममा नरोकी भागेको थियो । त्यसपछि प्रहरीले पछ्याउने क्रममा दुधौरा खोलाको पुलपारि जंगलछेउमा गाडी छाडेर चालक फरार भएका हुन् ।

गाडी नियन्त्रणमा लिएर जाँच गर्दा पछाडिको डिक्कीमा लुकाइएको २३७.१७ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

फरार चालकको खोजीका लागि जंगल क्षेत्रमा खोजतलास गर्दा चालक भागेको दिशातर्फ एक थान किप्याड मोबाइलसमेत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *