रुसी सेनामा भर्ती भएका नेपालीका आफन्तले गरे सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन

काठमाडौं, ६ वैशाख । रुसी सेनामा भर्ती भएका नेपालीका आफन्तहरूले सिंहदरबारस्थित दक्षिण गेट अगाडि प्रदर्शन गरेका छन् ।

रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार र मृत्यु भएकाहरूको शव फिर्ता ल्याउन सरकारलाई दबाब दिँदै आफन्तहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, युद्धमा मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको माग राख्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले विभिन्न मागसहितका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।