डाक्टर स्मृति शाक्यको स्वर तथा डाक्टर अजयक्रान्ति शाक्यको शव्द, संगीतमा मैले माया.. गीत सार्वजनिक
मैले माया लाएको धोका दिन होइन,
मैले प्रीति गाँसेको दुःख दिन होइन
काठमाडाैं, ४ जेठ । मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यको स्वरमा मैले माया..बाेलकाे गीत सार्वजनिक भएकाे छ ।
मनमोहन कार्डियोलोजि सेन्टर टिचिङ अस्पतालमा कार्डियोलोजिष्टको रुपमा कार्यरत रहनुभएका मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यले आफ्नै स्वरमा मैले माया..बाेलकाे गीत सार्वजनिक गर्नुभएकाे हाे ।
मैले माया लाएको धोका दिन होइन, मैले प्रीति गाँसेको दुःख दिन होइन गीत डाक्टर अजयक्रान्ति शाक्यको हाे । उहाँकै शब्द र उहाँकै संगीतमा याे गीत बजारमा आएकाे हाे ।
लामो समय डाक्टर अध्ययन तथा प्राक्टिसमा व्यतित भएको कारण सानैदेखिएको रहर र चाहनाको विषयमा समय दिन नसक्नुभएका डाक्टर शाक्यको गायनमा भने याेसहित तीनवटा गीत रेकर्ड भएको छ।
नेपाली चलचित्र उद्योगका युगिन निर्देशक देव कुमार श्रेष्ठको निर्देशनमा छायाँकन भएको उक्त गीतको म्युजिक भिडियोमा युवा पुस्ताको ढुकढुकी बनेका नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठको बेजोड अभिनय छ।
डा. शाक्यले यस अघि अरुणा लामा र रुद्रमणिको गायन तथा अम्बर गुरुङको संगीत रहेको कालजयी गीत ए–कान्छा मलाई सुनको तारा खसाइ देऊन बोलको गीत संगीतज्ञ हरिशरण सायमीसंग कभर सङ गाएर छोटो समयमा चर्चाको शिखरमा पुगिसक्नुभएकाे छ ।