काभा यु–२० महिला भलिबल : नेपालको यात्रा सेमिफाइनलमै रोकियो

काठमाडौँ, ८ साउन । नेपाल काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा कीर्गिस्तानसँग पराजित भएको छ ।

माल्दिभ्सको मालेमा गए राति सम्पन्न भएकाे खेलमा नेपाल कीर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

नेपालले पहिलो सेट १४–२५, दोस्रो सेट २२–२५ र तेस्रो सेट १३–२५ ले गुमायो । लिग चरणबाट कीर्गिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सेमिफाइनल पुगेका थिए ।

लिग चरणमा पनि नेपाल कीर्गिस्तानसँग ३–० कै सोझो सेटमा पराजित भएको थियो । अब नेपालले तेस्रो स्थानका लागि आजै माल्दिभ्सको सामना गर्नेछ ।

फाइनलमा भने कीर्गिस्तान र श्रीलङ्का भिड्नेछन् । पहिलो सेमिफाइनल खेलमा श्रीलङ्काले माल्दिभ्सविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।