कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उतिर्ण
काठमाडौं, १८ साउन । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । बाेर्ड बैठक सकिएलगतै नतिजा सार्वजनिक गरेकाे बाेर्डले जनाएकाे छ ।
आज सार्वजनिक भएको नतिजामा ५२ प्रतिशत अर्थात २ लाख ३ हजार ८४७ जना विद्यार्थी उतिर्ण भएका छन् । परीक्षामा सहभागी भएका नियमति तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् ।
बोर्डका अनुसार ४८ प्रतिशत विद्यार्थीको एनजी आएको छ । त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेका छन् भने १०२ जनाको परीक्षा रद्ध भएको छ ।