शेख हसिनाले राजीनामा दिएर छाडे बंगलादेश, शासनसत्ता सेनाको हातमा, अन्तरिम सरकार बनाउने

काठमाडाैं, २१ साउन । बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।

बंगलादेशमा राजनीतिक संकट उत्पन्न भएसँगै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि सेनाले शासनसत्ता हातमा लिएको छ ।

प्रधानमन्त्री हसिनाको राजीनामालगत्तै पत्रकार सम्मेलन गरेर सेना प्रमुख वाकर उज-जमानले हिंसा अन्त्य गर्नसमेत आग्रह गरेका छन् ।

सेना प्रमुख उज-जमानले भने, “हामी अन्तरिम सरकार बनाउने छौँ । यसले बंगलादेशका लागि काम गर्नेछ ।”

प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय घेरेपछि प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत हिड्नुभएकी छिन् ।