बागलुङमा पहिरोमा पुरिएर ८ जनाको मृत्यु, २ जना बेपत्ता, चार जनाकाे उद्वार
बागलुङ, २२ साउन । बागलुङमा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ ।
बडिगाड गाउँपालिका–९ र १० मा गएकाे पहिरोमा पुरिएर हालसम्म ८ जनाको मृत्यु भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयाे ।
वडा नम्बर १० मा ६ जना र ९ मा २ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मालती बुढा, मधु बुढा, सन्जु बिकको ६ महिने छोरी, मनोज बुढा, मन बुढा, मैतीदेवी बिक, विधान परियार र गङ्गा बस्नेत छन् ।
त्यस्तै घाइते हुनेहरूमा संगीता बुढा, सुमित्रा बिक, सीता थापा र मङ्गलसिंह बुढा रहेकाे प्रहरीले जनाएकाे छ । घाइतेहरूकाे उद्वार गरेर उपचारका लागि पठाएका छन् भने थप दुइजना बेपत्ता रहेको सहायक प्रजिअ बरालको भनाइ छ ।
