नक्कली भ्याट बिल बनाएको अभियोगमा ३ जनाविरुद्ध मुद्दा दायर

ललितपुर : राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर विजक (भ्याट) जारी गरेको अभियोगमा ३ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले शुक्रबार मुद्दा दायर गरेको भएपनि आज मात्र सार्वजनिक रुपमा जानकारी दिएको हो ।

अभियोगमा भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौँ महानगरपालिका–३२ का सुमनकुमार श्रेष्ठ र वीरगञ्ज महानगरपालिका–४ का राहुलकुमार जयसवाल रहेका छन् ।

विभागले उनीहरुविरुद्ध रु १० करोड ९३ लाख दुई हजार छ सय ७६ बराबरको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको हो ।

विभागले मुल्य अभिवृद्धि करतर्फ रु एक करोड ७१ लाख ३२ हजार एक सय ७०, आयकरतर्फ रु तीन करोड ७५ लाख १९ हजार एक सय ६८ गरी रु पाँच करोड ४६ लाख ५१ हजार तीन सय ३८ बराबरको बिगो गरेकोले रकमको दोब्बर सजायको माग दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *