सहकारी बचतकर्ता पिडितहरूले देखाए रवि लामिछानेलाई कालो झण्डा

कास्की, २५ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरामा कालाे झण्डा देखाइएकाे छ ।

रास्वपा गण्डकी प्रदेश विस्तारित बैठकमा सहभागी हुन पुगेका लामिछानेलाई सहकारी बचतकर्ता पिडितहरूले कालाे झण्डा देखाएका हुन् ।

पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा रास्वपाको कार्यक्रम राखिएको थियाे । सोही ब्याक्वेटबाहिर सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ता पिडितहरूले प्रदर्शन गरेका हुन् ।

सहकारी बचतकर्ता पिडितहरूले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो वचतको संरक्षण’, प्रहरी प्रशासनको दुरुपयोग बन्द गरजस्ता विभिन्न नारा लगाएका छन् ।