संविधान दिवस यसरी मनाइयाे (तस्बिरहरू)
काठमाडौं, ३ असाेज । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको स्मरणमा संविधान दिवस विभिन्न कार्यक्रमका गरी देशभर मनाइँदैछ ।
विक्रम संवत् २०७२ असोज ३ गते संविधान जारी भएको आज नौ वर्ष पूरा भएको छ । संविधान जारी भएकाे स्मरणमा नेपाली जनताले हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ ।
संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ ।
सैनिक मञ्च टुँडिखेलमा भएकाे कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिएको थियाे भने नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ । कार्यक्रममाविभिन्न सैनिक कौशल प्रदर्शनको साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।
सबै तस्बिरः प्रदीपराज वन्त / रासस