साइबर अपराध अभियाेगमा पक्राउ परेका दुर्गा प्रसाईं वीर अस्पताल भर्ना

काठमाडौं, ७ असोज । साइबर अपराध अभियाेगमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले वीर अस्पतालमा भर्ना गरेकाे छ ।

विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा प्रसाईं भक्तपुरस्थित आफ्नै घरबाट आइतबार पक्राउ परेका थिए ।

प्रसाईंलाई पक्राउ परेलगत्तै प्रहरीले अदालत हाजिर गराएको थियो । त्यसक्रममा अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

प्रसाईंकाे स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको ब्यूरोले जनाएकाे छ ।

प्रसाईंविरुद्ध एक जना महिलाको चरित्र हत्या हुने गरी अभिव्यक्ति दिएको आरोप छ ।