निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेका रास्वपाका ११ जना पक्राउ

काठमाडौं, १३ कात्तिक । सरकारले निषेधित क्षेत्र घाेषणा गरेकाे बालुवाटारमा प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको थियो। उक्त क्षेत्रमा प्रदर्शन गर्न पुगेका रास्वपा सांसद अशोककुमार चौधरीसहित कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का प्रहरीको नियन्त्रणमा रहेको रास्वपाले जनाएको छ।

सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेदेखि नै रास्वपाले प्रदर्शन जारी राखेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *