एमालेकाे जागरण सभाले अराजकता र अस्थिरताको भ्रम चिर्नेछ: महासविच पोखरेल
काठमाडौँ, ३० कात्तिक । नेकपा एमालेका महासविच शंकर पोखरेलले मंसिर ७ गते नेकपा एमालेले आयोजना गर्न लागिएकाे जागरण सभाले मुलुकमा फैलाउन खोजिएको अराजकता र अस्थिरतालाई चिर्ने बताउनुभएकाे छ ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजना गरिएकाे पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै महासचिव पोखरेलले जनता ठुला दलसँग असन्तुष्ट नभएर आशावादी रहेको भन्दै ठुला दलप्रति जर्वजस्त भ्रम सिर्जना भइरहेको बताउनुभयाे ।
पोखरेलले भन्नुभयाे, ‘जनता ठुला दलसँग नै आशावादी छन्’, ‘समाजमा अराजकता मच्चाउन जुन प्रकारका नियोजित रुपमा फेक आइडी बनाएर समाजलाई दिग्भ्रमित बनाउने प्रयास भइरहेको छ त्यो गलत हो भन्ने स्थापित गर्न जरुरी छ ।’