इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति

काठमाडौं, १२ मङ्सिर । इजरायल र लेबनानकाे सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविरामको सहमति भएको छ ।

इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध चलिरहेकाे थियो ।

तर मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको छ । यससँगै १४ महिना लामो लडाइँपछि युद्धविराम सम्झौतामा सहमति भएको हो ।

सहमति अनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने छ । यसैगरी हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्ने छ ।

इजरायल र लेबनानबीच भएको युद्धविराम सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्व्यन गर्न आह्वान गरेका छन् ।

युद्धविराम स्थानीय समयअनुसार बुधबार बिहान ४ बजे लागू हुनेछ ।