पीडा र खुशीका कथा साट्ने अनि साइनो गाँस्नेहरुको चौतारी टुँडिखेलको कथा (भिडियो रिपोर्ट)
काठमाडौं, १२ मंसिर । टुँडिखेलसँग करीब दुई हजार वर्ष अघि अर्थात किराँतकालको इतिहास मात्रै होइन त्यतिबेलाको संस्कृति र सभ्यता पनि जोडिएर आउँछ । रानीपोखरीदेखि रंगशालासम्म फैलिएको काठमाडौंको प्राचीन कालदेखिको विशाल खुला चौरले विभिन्न समयमा आफ्नो आयतनलाई खुम्च्याउँदै लगेको छ अर्थात अतिक्रमणको पीडा खेप्दै आएको छ ।
अहिले टुँडिखेलले रानीपोखरीदेखि रंगशालासम्मको इतिहास मेटाएर सहिदगेट र सैनिक मञ्चको बिचमा रहेको क्षेत्रलाई मात्रै जोगाउँदै आएको छ । हो, त्यहि टुँडिखेल पछिल्लो समय विभिन्न समयमा मेला, महोत्सवसँगै व्यायम र खेलकुदका लागि मात्रै होइन घर्मी हटेर जाडो बढ्न थालेपछि धेरैका लागि घाम ताप्ने, राजनीतिकदेखि व्ययवायिक गफगाफ गर्ने, टहलिने र थकान मेटाउने भरपर्दो स्थल पनि बनेको छ ।
मैत्रिन्युजको टिम सोमबारको मध्यान्हमा टुँडिखेल पुग्दा केही मानिसहरु बदाम, सुन्तोला खाएर गफिदैँ गरेका भेटिन्थे भने केही युवाहरु किक्रेटलगायतका खेलमा व्यस्त देखिन्थे । कोही गहिरो निद्रामा मस्त थिए भने कोही थकान मेटाउन व्यस्त देखिन्थे ।
मैत्रिन्युजले टुँडिखेलमा घाँम ताप्नेहरुको कथासहितको भिडियो रिपोर्ट तयार पारेको छ ।