कीर्तिपुर अपडेट : कांग्रेसले अग्रता बढाउँदा दोस्रोमा एमाले र माओवादी पछ्याउँदै

काठमाडौं, १७ मङ्सिर । कीर्तिपुरको मेयरमा कांग्रेसका मेयर उम्मेदवार कृष्णमान डंगोलले आफ्नो अग्रता कायम गरेका छन् । उनलाई एमाले र माओवादी उम्मेदवारहरूले पछ्याइरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार डंगोलले कुल १३१३ मत ल्याएर सहज अग्रता बनाएका छन् । एमालेका डा. सुरेन्द्र मानन्धरले ९७८ मत ल्याएका छन् । यस्तै, माओवादीका शिवशरण महर्जनले ७१४ मत ल्याएका छन् ।

कीर्तिपुरमा वडा नम्बर १ को मतगणना सकिएर अहिले वडा नम्बर ४ को मतगणना भइरहेको छ ।
अहिलेसम्म कुल ४९०९ मत गणना सम्पन्न भइसकेको छ । कीर्तिपुरमा तीन ठूला दलबाहेक दुई स्वतन्त्र उम्मेदवारले पनि उल्लेख्य मत ल्याइरहेका छन् ।