सुनको मूल्य बढ्यो, आज कतिमा भयाे काराेबार ?

काठमाडौँ, २५ मङ्सिर । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा पनि आज सुनकाे भाउ बढेकाे छ ।

आज स्थानीय बजारमा सुनकाे भाउ प्रतितोला रू दुई हजार एक सयले बढेर रू एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हाे ।

सोमबार सुन प्रतितोला रू एक लाख ५० हजार एक सयमा कारोबार भएको थियाे । यसैगरी, चाँदीको मूल्य प्रतितोला रू ६० ले बढेर रू एक हजार नौ सय २५ कायम भएको छ ।