चितवनलाई हराउँदै कर्णाली क्वालिफायर टु मा प्रवेश
काठमाडौं, ३ पुस । कर्णाली याक्स नेपाल प्रिमियर लिगको क्वालिफायर टु मा पुगेको छ । एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णाली याक्स क्वालिफायर टु मा पुगेको हाे ।
कर्णालीले अब क्वालिफायर वान को पाराजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ ।
चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन । चितवनका लागि जिशान मकसुदले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिए । विपिन प्रसाद शर्माले १ विकेट लिए ।
बोपाराले ३४ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा ५३ रन बनाए । एनपीएलमा उनको यो तेस्रो अर्धशतक हो । कप्तान कुशल मल्लले २१ रन बनाए ।
त्यसअघि जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक प्रहार गरेपछि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले ६ विकेट गुमाएर १७५ रन बनाएको थियो ।