जीबी राईसहित १९ जनाविरुद्ध पुरक अभियोग दर्ता

कास्की, ५ पुस । सूर्यदर्शन सहकारी ठगीमा संलग्न १९ जनाविरुद्ध सरकारी वकिलकाे कार्यालय कास्कीमा थप अभियोग दर्ता भएको छ ।

अदालतबाट मुद्दा चलेका जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता भएको हाे ।

जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेका अनुसार थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित अभियोग दर्ता भएको हो । योसंगै कुल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो पुगेको छ ।

थप अभियोग दर्ता भएका सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जिबि), उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराई हुन् ।

यस्तै पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध पनि थप अभियोग दर्ता भएको छ ।

रास्वपा सभापति रवि लामिछानेको हकमा भने आइतबार आउने सक्ने निमित्त श्रेस्तेदार लामिछानेले जानकारी दिनुभयाे

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *