रवि लामिछानेको थुनछेक बहस जारी
काठमाडाैं, १० माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने विरूद्धको थुनछेक बहस सुरू भएको छ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी र सांगठित अपराध अभियोगमा लामिछानेविरूद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दर्ता भएको थियो। जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा उनीविरूद्धको थुनछेक बहस सुरू भएको हो।
न्यायाधीश योगीले लामिछानेसँग बुधबार बयान लिएपछि बिहीबार साढे ११ बजेदेखि थुनछेक बहस सुरू भएको हो। अहिले सरकारी वकिलको कार्यालय र सहकारी पीडितका तर्फबाट बहस सुरू भएको हो। त्यसपछि बल्ल लामिछानेको तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन्।
थुनछेक बहस सकिएपछि लामिछानेलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्नेमध्ये एउटा आदेश हुनेछ ।
सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।