स्थानीय बजारमा सुनको मूल्यमा गिरावट

काठमाडौं, २५ माघ । स्थानीय बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु एक लाख ६८ हजार १०० मा झरेको छ ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख ६८ हजार ५०० मा कारोबार भएको थियो ।

यसैबीच, चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला रु ५ ले बढेर रु एक हजार ९८५ मा कारोबार हुने भएको छ ।