सुनको मूल्य तोलामै दुई हजार तीन सयले बढ्यो, कतिमा हुँदैछ काराेबार ?
काठमाडौँ, १ फागुन । आज नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा बुधबार तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ६९ हजार ८०० रुपैयाँ पुगेको हाे।
चाँदीको मूल्य पनि बढेको छ। तोलामा ३५ रुपैयाँले बढेर चाँदीको मूल्य १ हजार ९६५ रुपैयाँ निर्धारण गरिएको छ।