तनहुँमा कर्मचारी कुटपिट गर्ने वडाध्यक्ष पक्राउ
काठमाडाैं, ६ फागुन । तनहुँकाे बन्दीपुर गाउँपालिका-६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।
वडासचिव नवीन भुसाललाई कुटपिट गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख, प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीका अनुसार गुरुङलाई सोमबार नै पक्राउ गरिएको हो ।
वडाध्यक्ष गुरुङले वडास्तरीय भलिबल प्रतियोगिताको बिल स्वीकृत नगरेको झोंकमा आफूलाई कुटपिट गरेको वडासचिव भुसालले बताएका छन्। कुटपिटबाट घाइते भएका भुसालको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।