एसियाली महिला कबड्डीमा काश्य जित्ने टिमको स्वागत

काठमाडौँ, २६ फागुन । छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जित्ने नेपाल टिम सोमबार साँझ स्वदेश फर्केको छ ।

ईरानको राजधानी तेहरानमा सम्पन्न प्रतियोगितामा छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा नेपाल तेस्रो भएको हो । सो प्रतियोगितामा भारत फाइनलमा इरानलाई हराएर च्याम्पियन बनेको थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङकलाल घिसिङ, नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापालगायतले पदक विजेता टिमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *