एफीएफ महिला कबड्डी च्याम्पियन

काठमाडौँ, ४ चैत । एपीएफले नेपाल आर्मीलाई २८–२२ ले हराएर २० औं राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनल जितेपछि एपीएफले ट्रफीसहित दुई लाख र नेपाल आर्मीले एक लाख रुपियाँ पुरस्कार प्राप्त गरे ।

अखिल नेपाल कबड्डी संघको आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी तेश्रो भए । तेस्रो हुने दुवै टिमलाई ५०÷५० हजार रुपियाँ प्रदान गरियो । प्रतियोगितामा प्रहरीकी मानमति विष्ट उत्कृष्ट रेडर र एपीएफकी जयन्ती बडू उत्कृष्ट डिफेन्डर घोषित हुनुभयो । दुवैले ४० इन्चको टीभी पुरस्कार पाए । तीनदिने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टिम सहभागी थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *