वीरगञ्ज सुक्खा बन्दरगाहले आठ महिनामा उठायो ३२ अर्बभन्दा बढी राजस्व

वीरगञ्ज, १० चैत । वीरगञ्ज स्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

भन्सार विभागले कार्यालयलाई वार्षिक ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ। सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व सङ्कलन भएको छ।

कार्यालयले साउनमा ३ अर्ब ७५ करोड, भदौमा ४ अर्ब ६४ करोड, असोजमा ४ अर्ब ३६ करोड र कात्तिकमा ३ अर्ब ७९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।

त्यसैगरी, मङ्सिरमा ३ अर्ब २२ करोड, पुसमा ३ अर्ब ५६ करोड, माघमा ४ अर्ब २९ करोड र फागुनमा ४ अर्ब ६८ करोड रुपैयाँ राजस्व उठेको छ। चालु आर्थिक वर्षको आठ महिनामा फागुन महिनामा सबैभन्दा धेरै राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *