राप्रपा सांसद राणा पक्राउको सूचना सदनलाई जानकारी
काठमाडौं, १८ चैत्र । राप्रपाका सांसद डा. धवल शमशेर राणा पक्राउ परेको सूचना सभामुख देवराज घिमिरेले संसदलाई जानकारी गराउनुभएकाे छ ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले प्रहरीले संघीय संसद सचिवालयमा पठाएको पत्र पढेर सुनाउनुभएकाे हाे ।
तीनकुने घटनामा घटना घटाउन उक्साएको आरोपमा राणालाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो। राणा पक्राउ परेको सूचना प्रहरीले शनिबार संसद सचिवालयमा पठाएको थियो।