बागलुङमा पिकअप दुर्घटना हुँदा एक जनाकाे मृत्यु, तीन घाइते
बागलुङ, २१ चैत । बागलुङमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने तीनजना घाइते भएका छन् ।
बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारदेखि कोटमैदान जाँदै गरेको ग१ज ६१०० नम्बरको पिकअप आज दुर्घटना भएकाे हाे । दुर्घटनामा गलकोट –११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको छ ।
दुर्घटनामा गलकोट–५ सर्दाखेतका २२ वर्षीय राजन विक, वडा नम्बर ४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहराफाँटका १९ को अशोक बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।
पिकअपमा चारजना सवार रहेको उहाँको भनाइ छ । घाइते तीन जनाको गलकोट नगर अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिनुभयो ।